Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मणी थापा एमालेमा असन्तुष्ट ?


काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेता मणी थापा असन्तुष्ट देखिएका छन् । नेकपा एमालेले हालै केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

एमालेले स्थायी कमिटी सदस्य र पोलिट्ब्यूरो सदस्यलाई पनि जिल्ला कमिटीको इन्चार्जको जिम्मा दिएको छ । नेताहरुलाई जिम्मेवारी तोकिँदा स्थायी कमिटी सदस्य मणि थापालाई भने कुनै जिम्मेवारी तोकिएको छैन । उनको जिम्मेवारी दिने ठाउँमा बिदा लेखिएको छ । पूर्वमाओवादीबाट एमालेमा गएका नेता थापासहित अन्य केही नेतामा पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला मणी थापालाई कुनै जिम्मेवारी नदिनुले एमालेको कार्यशैलीप्रति आशंका उत्पन्न भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा नेताहरुको नयाँ जिम्मेवारी तोकिएको छ ।

वैशाख २८–३० गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकमा उनी उपस्थित थिएनन् ।  आफू काठमाडौं बाहिर भएकाले नआउने जानकारी पार्टीलाई गराएका थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #mani thapa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट