Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले अध्ययन गरेको छ, त्यसलाई चाँडै टुंगोमा पुर्याउछौँः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकसँग जमिन सट्टापट्टाको कुरा नगरेको स्पष्टीकरण दिएका छन्।

जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे बुधबार राष्ट्रियसभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् ।

‘मैले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालका हुन्, यस समस्याको समाधान गर्नुपर्छ भनेको हो। भारतीय पक्षसँग औपचारिक र अनौपचारिक रुपमा मैले यस्तोकुनै प्रस्ताव गरेको छैन’, उनले भने, ‘हामीले यदि बंगलादेशको मोडलबारे अध्ययन गरेर अघि बढ्दा ठीक हुन सक्छ। विज्ञहरुले बंगलादेश जाने बाटो पाए त्यो पनि समाधान हुन्छ भनेका छन् भनेको हुँ। त्यो कुरा भारत सरकारसँग राखेको होइन।’

उनले यो विकल्पबारे एउटा दुइटा बुद्धिजीवीले मात्रै होइन धेरैले भनेको पनि बताए। नेपालमा सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले अध्ययन गरेको बताउँदै अब त्यसलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट