Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सभामुखलाई सांसद राजन दाहालको प्रश्नः रोष्टममा तपाईँले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि सांसदलाई रुलिङ गर्ने ?


काठमाडौं, २४ जेठ । माओवादी सांसद् लेखनाथ दाहाल (राजन)ले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली उल्लंघन गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभामा सरकार आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

‘हामी हरेक सांसदहरू स्वतन्त्र छैनौँ,’ उनले भने, ‘सभामुख पनि स्वतन्त्र हुनुहुन्न । संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ । सम्माननीय सभामुखले आफैँले पनि प्रतिनिधि सभाको नियमावली उल्लंघन गर्नु भएको छ । रोष्टममा तपाईँले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि सांसदलाई रुलिङ गर्ने ? माननीय प्रधानमन्त्रीलाई तपाईं चुप लाग्नुहोस् उहाँहरूले बोल्नुहुन्छ भन्नुभयो ।’

प्रतिनिधि सभामा एक विषयमा एक पटक प्रश्न उठाएपछि बार बार उठाउन नपाइने भन्दै रघुजी पन्तले चार पटकसम्म बोलेको उनले बताए । त्यसपछि एमाले सांसद सूर्य थापाले सभामुखको आलोचना गर्न नपाइने भन्दै नियमापत्ति जनाएका थिए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #rajan dahal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट