Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण एकै दिन हुनु संयोग मात्रैः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न भनेर राष्ट्रपतिलाई कुनै दबाब नदिएको बताएका छन् । बुधबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नागरिकता सम्बन्धी विधेयक भारत जाने दिन प्रमाणीकरण गर्न दबाब नदिएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण एकै दिन हुनु संयोग मात्रै भएको बताए।

उनले भने, ‘नागरिकतासम्बन्धी विधेयक मैले भारत जाने दिन प्रमाणीकरण होस् भनेर भनेको होइन । यो त संयोग मात्रै परेको हो । मैले सम्मानित सदनलाई पनि भारत भ्रमणबारे जानकारी गराएको थिए । त्यहि कुरा राष्ट्रपतिलाई भनेको थियो । राष्ट्रपतिलाई भारत भ्रमणबारे जानकारी गराउनु कर्तव्य पनि हो । म त वैशाख २४ गते संयुक्त अधिवेशनको दिन नागरिकता विधेयक प्रमाणीकरण होस् भन्ने चाहन्थे ।’

प्रचण्डले भारत भ्रमण महत्वपूर्ण भएको बताए । प्रचण्डले भने,‘गेमचेन्ज गर्ने तरिकाले अगाडि बढेको छ । राम्रो विश्वासको वातावरण बनाएरमात्रै लिपुलेक,कालापानी समस्याको हल गरिनुपर्छ । एकले अर्कालाई पोलिटिक्स मात्रै गरेर समस्या समाधान हुँदैन । बरु समस्या बल्झिन्छ । कचिङ्गल हुने मात्रै हो ।’

उनले संवादको माध्यमबाट सकारात्मक ढंगले समाधानको उपाय खोजेको बताए । प्रचण्डले भने,‘प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौं भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएकोलाई त स्वीकारौं । केहि पनि भएन भन्ने साथीहरूले हिजो त सरकारको नेतृत्व पनि उहाँहरुको दलले पनि गरेकै थियो । अरु थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो,उहाँहरुले के चाहिँ गर्नु भाथ्यो, गर्नुभयो केहि । उत्पात् भयो भन्ने मेरो दावी होइन । तर,एउटा नयाँ सुरुवात भयो ।’

नेपाल समृद्ध हुने ढोका खोलेको पनि उनले दावी गरे । प्रचण्डले भने,‘नेपालमा अरबौं रुपैयाँ आउने वातावरण भयो । यसमा त हामीले खुसी व्यक्त गर्नुपर्ने होइन र रु पञ्चेश्वरको तीन महिनामा डीपीआर बनाउने र एक वर्षभित्र निर्माणको मोडालिटी तयार पार्ने भएका सहमति सम्झौताहरू ठिक ढंगले कार्यान्वयन गर्न हामी सबै एक हुनुपर्छ । हुन बाँकी सहमति पनि बनाउनुपर्छ । अनि हामी बलियो हुन्छौं । अनावश्यक सकि नसकि विरोध गर्नुपर्ने आवश्यक छैन ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट