Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

निजीकरणको नाममा देशका उद्योग कलकारखाना बेचिएः चित्रबहादुर केसी


काठमाडौं, २४ जेठ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले निजीकरणको नाममा देशका उद्योग कलकारखाना बेचिएको बताएका छन्।

बुधबार संसद बैठकमा बजेटमाथिको छलफलमा उनले उद्योग धन्दालाई निजीकरण गरेर शिक्षादेखि उद्योगसम्म व्यापारी र साहु महाजनलाई जिम्मा लगाइएको आरोप लगाए । र सानैदेखि तयार पारेर आफ्ना सन्तानलाई युरोप, अमेरिका पठाइएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले युवा पलायनको पाटोलाई केलाउँदै अहिले दैनिक २ हजार २५ सय युवा बाहिरिरहेको बताए। उनले भने, ‘जुन देशमा दिनका २ हजार २५ सय जुन देशका नागरिक विदेशिन्छन्। हामीले ल्याएको बजेटको के अर्थ भयो? ‘

लोकतन्त्रपछि भएका उद्योग करखाना पनि बन्द गराइएको र व्यापारीलाई जिम्मा लगाइएको बताउँदै लोकतन्त्रमा झनै विकास नभएको उनले बताए। उनले भने, ‘निरंकुश भनिएको पञ्चायतमा लोकतन्त्र थिएन, उद्योग कलकाखाना त थिए नि ! ‘

नेता उत्पादनबाहेक नेपालले केही विकास गर्न नसकेको उनको भनाइ थियो। ‘लसुन, प्याज, खुर्सानी यस्ता चिजमा पनि सरकारले ट्याक्स लगाएको छ, हिमाल, पहाड, तराईं सबै ठाउँ हुन्छ नि यो त,’ विकासका लागि सरकार नै सकारात्मक नरहेको बताउँदै उनले भने, ‘अहिलेसम्म विकास गरेको भनेको नेता उत्पादन गर्‍यौँ। धेरै ठाउँमा संसद, मन्त्री बनायौँ, मन्त्रीको संख्या बढायौँ यति मात्रै हो कि नाइँ, छातीमा हात राखेर भनौँ त।’

उनले अहिलेकै प्रणालीले संघीयता मजबुत नहुने बताए। नेपालको हिमाल, पहाड, तराईं जताततै पाउने खुर्सानी सम्मको सरकारले बजार बनाउन नसकेको बरु निजी व्यापारीलाई जिम्मा लगाएर कर उठाइरहेको उनले बताए।

 


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #chitra bahadur kc

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट