Techie IT
  • २२ फागुन २०८०, मंगलबार
Jhilko

निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि बोलायो


काठमाण्डौं, २५ जेठ । निर्वाचन आयोगले विभिन्न ५ वटा विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई भोलि बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राजनीतिक दलहरूसँगको बैठकमा गएको जेठ १५ गते प्रस्तुत आउँदो आर्थिक वर्षको बजेटमा भएको सबै जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयसहित नयाँ निर्वाचन कानुन विधेयक, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन प्रारम्भ, स्थानीय सरकारबाट मतदाता नामावली सङ्कलन तथा दलहरुको लेखा परीक्षणबारे छलफल हुनेछ ।

यसअघि आयोगले गएको २२ गते विज्ञप्ति निकालेर अहिले सञ्चालनमा रहेका संरचना खारेज गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको जनाएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #nirbachan aayog

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट