Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेस सांसद विनोद चौधरीले ‘जब पर्यो राति, अनि बुढी ताती’ भनेपछि एमालेका महिला सांसदहरूको नियमापत्ति


काठमाडौं, २५ जेठ । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद विनोद चौधरी बोलिरहँदा नेकपा (एमाले)का सांसदले नियमापत्ति गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ‘जब पर्यो राति, अनि बुढी ताती’ भन्ने उखान बोलेका थिए ।

त्यसपश्चात् एमाले महिला सांसदहरूले नेपाली उखान लिएर नेपाली महिलामाथि आक्रमण भन्दै ‘जब पर्यो राति अनि बुढी ताती’ भन्ने शब्दावली रेकर्डबाट हटाउन माग गरे । उक्त वाक्य लैङ्गिकमैत्री नभएको भन्दै सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #binod chaudhary

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट