Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


काठमाडौं, २५ जेठ । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको उद्घाटन गर्न जाने भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा मुख्यमन्त्री, सभामुख र सांसद उपस्थित हुने भएकाले प्रदेश सभा बैठक स्थगन गरेको सचिव दुर्लभकुमार पुनले जानकारी दिए। तर उनले जारी गरेको सूचनामा विशेष कारणवस बैठक स्थगित भएको उल्लेख छ।

प्रदेश सभाको अर्को बैठक शुक्रबार साढे ११ बजे बस्ने उनले बताए। यो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।


क्याटेगोरी : राजनीति, संसद, लुम्बिनी प्रदेश
ट्याग : #lumbini

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट