Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, यी पाँच विषयमा छलफल हुने


काठमाडौं, २६ जेठ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ। जिल्ला निर्वाचन खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न आयोगले राजनीतिक दलहरूलाई बोलाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाएको हो । प्रवक्ता पौडेलका अनुसार बैठकमा निर्वाचन आयोगको कार्यालय खारेज गर्ने सरकारको निर्णयलगायत विभिन्न पाँच विषयमा छलफल गरिनेछ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ बाट ७७ वटै जिल्ला निर्वाचन आयोग खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय गरेको छ। यसअघि आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर निर्णय फिर्ता लिन ध्यानाकर्षण गराइसकेको छ।

बुधबार संसद बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएका थिए। उनले सो निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #nirbachan aayog

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट