Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बुद्धको देश कता जाँदैछ ? केपी शर्मा ओलीलाई एम्बुस थापेर हत्या गर्ने प्रयास भयोः योगेश भट्टराई


काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कोसी प्रदेश नामाकरण पश्चात् आफ्नो दल नेकपा (एमाले) माथि हमला बढेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश नामाकरणको विरोधमा आफ्ना दलका अध्यक्ष केपी शर्मा ओलीलाई एम्बुुस थापेर हत्या गर्ने प्रयास भएको उनले आरोप लगाए ।

प्रदेश नामाकरण गर्ने अधिकार प्रदेश सभालाई भएको भन्दै उनले केही समय अघि पार्टी अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको टोली पूर्वको झापा, इलाम, पाँचथर, तेह्रथुम जाँदा कालो झण्डा देखाउने, अवरोध गर्ने रुख ढाल्ने र एम्बुस थापेर हत्याको प्रयास गरिएको आरोप लगाए ।

“विचित्र लाग्छ, सर्वसाधारण मानिसको ज्यान सुरक्षा गर्ने सरकारको काम हो । पार्टीको कार्यक्रममा जादा एम्बुससम्म थापेर मार्नै खोजिन्छ भने बुद्धको देश कता जाँदैछ,” उनले भने ।


क्याटेगोरी : राजनीति
ट्याग : #yogesh bhattarai

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट