Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न मिल्दैनः अर्जुननरसिंह केसी


काठमाडौं, २६ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्‌मा प्रधानमन्त्री बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्नु दिनु संसदीय अभ्यास विपरित भएको बताएका छन् ।

शुक्रबार बजेट माथिको छलफलमा प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो प्रकृयामा सभामुख माथिको भूमिकामा प्रश्न उठाए । उनले प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न नमिल्ने बताए ।

“संसद्को संरक्षक सभामुख हो । उहाँलेनै हो संसद् र विशेष अधिकारको संरक्षण गर्ने । तर कुनै पनि संसद्को एक भोटले होस् वा सय भोटले होस् प्रधानमन्त्री संसद्को नेता हो । सार्वजनिक प्रस्ताव दर्ता भएपश्चात् सवाल जवाफ गरेर प्रमुख प्रतिपक्षालाई बोल्न दिन हुँदैन,” उनले भने ।

सांसद केसीले यसरी परम्परा बसाउँदै लगे भविष्यमा कस्तो नजिर बस्छ भन्दै त्यसतर्फ ध्यान पुर्‍याउन अनुरोध गरे ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #arjun narsing kc

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट