Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बजेट असमानता र अन्यायपूर्ण छ, यथास्थितिमा पास हुन दिदैनौँः राजेन्दप्रसाद पाण्डे


काठमाडौं, २६ जेठ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् ।आज काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा पास हुन नदिने स्पष्ट पारे ।

उनले ११० करोड डडेल्धुरा, ५५ करोड गोरखा र ७०र७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिए । उनले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने बताए ।

यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको उनले बताए ।

उनले भने, ु१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन । आजको जनता २०४८ सालको जनता होइन । अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ । सरकार छोड्न परे परोस्, यो अन्याय सहनु हुँदैन ।’ उपाध्यक्ष पाण्डेले अरु पार्टीहरूको इसारामा चल्दा पार्टी निर्माण गर्न नसकिने बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #rajendra pande

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट