Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जब पूरै मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छः बाबुराम भट्टराई


काठमाडौं, २८ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए।

प्रधानमन्त्री अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्।

डा. भट्टराईले त्यसरी जाँदा राजनीतिक हुने टिप्पणी गरेका हुन्। ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ’

यता प्रधानमन्त्रीको सचिवालयले भ्रमण विशुद्ध अवलोकनका लागि भएको जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #baburam bhattarai

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट