Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महन्थ ठाकुर दिल्ली प्रस्थान


काठमाडौं, २८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आइतबार दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन्। उनी उपचार सकेर एक सातापछि स्वदेश फर्किने जनाइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #mahantha thakur

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट