Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्ड–बाबुरामबीच समाजवादी मोर्चा निर्माणका लागि समझदारी


काठमाडौं, १ असार । आफूलाई उपेक्षा गरेको भन्दै संगठन विस्तारमा लागेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणका लागि खटिन तयार भएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नयाँ समझदारी बनेको हो।

‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी’, डा. भट्टराईले भने, ‘बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह।’

यसअघि प्रचण्ड र भट्टराईबीच बिहीबार साँझ नै भेटवार्ता गर्ने तयारी थियो। तर प्रधानमन्त्री प्रचण्ड भेट्न भट्टराई शुक्रबार बिहान बालुवाटार पुगेका हुन्।

समाजवादी मोर्चाका योजनाकार भट्टराई पछिल्ला दिन संख्या हिसाब गरेर माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीलाई अवमूल्यन गरेको संगठन विस्तारमा लागेका थिए। उनले गोरखाबाट ६ महिने संगठन सुदृढीकरण र विस्तारको घोषणा गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #prachanda baburam, #samajbadi morcha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट