Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘रास्वपा राप्रपाको भाइ जस्तो’


काठमाडौं, १ असार । रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश संरचना खारेज, प्रदेशमा प्रत्यक्ष निर्वाचित गभर्नर हुनुपर्ने प्रस्ताव अघि सारेर नेपाली जनताले लामो संघर्ष र वलिदानबाट प्राप्त गरेको वर्तमान संविधानलाई च्यात्न खोजेको छ । रास्वपाको यो प्रस्तावले प्रदेशका नाममा संगठित गरिएका देशका सात भौगोलिक इकाइहरूले आफ्नो हक र हितका विषयमा आफैँले निर्णय गर्ने जुन अख्तियार अहिले पाइरहेका छन् त्यसलाई खोस्न खोज्दछ । प्रदेश सभालाई खारेज गरेर त्यसका ठाउँमा निर्वाचित गभर्नरको परिकल्पना गर्नु विकेन्द्रीकणको नीतिलाई कमजोर पार्न खोजेको स्पष्ट हुन्छ ।

वास्तवमा रास्वपाले सार्वजनिक गरेका धेरै अजेण्डाहरू घोर प्रतिगामी छन् । वर्तमान संविधानलाई खारेज गर्ने मनसायका साथ आएको स्पष्ट छ । हाम्रो संवैधानिक र राजनीतिक विकास(क्रमलाई अगाडि बढाउन भएका आन्दोलनहरूमा कहिल्यै सामेल नभएका महत्वाकांक्षी भुइँफुट्टाहरूको पार्टी रास्वपाले गरेका यी प्रस्तावहरूको उग्र विरोध अपरिहार्य रहेको वरिष्ठ पत्रकार हरि अधिकारी बताउँछन् । व्यक्तिवादी र समूहवादी गरी फरक फरक कित्तामा उभिएका नेपाली जनताहरूकाबीच रहेको मतभेद थप घनीभूत हुने विश्वास पनि अधिकारीले गरेका छन् ।

वरिष्ठ पत्रकार हरि अधिकारीको विश्लेषणमा ‘रास्वपाले गरेका यी प्रस्तावहरूको आलोकमा हेर्दा यो पार्टी राप्रपाको भाइ जस्तो देखिन्छ । अब हेर्नुछ, यसले राजा ज्ञानेन्द्रको तेस्रो पटकको गद्दी आरोहणको माग कहिले गर्ला भनेर ।’


क्याटेगोरी : राजनीति
ट्याग : #rabi, #rajendra, #raprapa raswopa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट