Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सांसदहरूले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न प्रेम सुवालको माग


काठमाडौं, १ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गरेका छन्

देश र जनताको हितका लागि सांसदहरूले सुझाव दिने भएकाले सोही अनुसार बजेट परिमार्जन गर्न सरकार र सत्तारुढ दलहरू तयार हुनुपर्ने उनको तर्क थियो । शुक्रबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले संसदमा बजेटबारे हुने छलफलको औचित्य पुष्टि गर्न पनि त्यहाँ सांसदहरूले दिएको सुझाव अनुसार बजेट परिमार्जन गर्नुपर्ने बताए ।

उनले भने, ‘‘आजको कान्तिपुर दैनिकमा मुख्य समाचार शीर्षकमा समाचार प्रकाशित भयो–बजेटमा कमा र फुलिष्टप पनि संशोधन हुँदैन । फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसद् भित्र बहस । यस्तो सांसदलाई चारैतिरबाट आलोचना भइरहेको छ । हामी सचेत हुन जरुरी छ । देश र जनताको हितका लागि सांसदहरूले छलफलमा राख्नु भएको सुझाव अनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनुपर्छ । प्रधानमन्त्री तयार हुनुपर्छ । अर्थमन्त्री तयार हुनुपर्छ । र सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तयार हुन जरुरी छ । बहसको औचित्य पुष्टि गर्न तयार हुन जरुरी छ ।’’

सांसद सुवालले बजेटमा कमा र फुलिष्टव पनि परिवर्तन हुन्न भन्ने मान्यतालाई गलत साबित गर्न पनि सरकारले त्यसलाई परिमार्जन गरेर अघि बढाउनु पर्ने बताउनु आवश्यकता औँल्याए ।


क्याटेगोरी : राजनीति
ट्याग : #prem suwal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट