Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अव राजनीतिमा सक्रिय हुन्छुः वर्षमान पुन


काठमाडौं, १ असार । चीनमा चार महिनाको उपचारपछि शुक्रबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफू तत्कालैदेखि राजनीतिक काममा सक्रिय हुने बताएका छन्।

स्वदेश फर्किएकामा आफूलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकसँग कुरा गर्दै माओवादी नेता पुनले आफू अब पार्टीका काम र जनताको सेवामा खटिने बताएका छन्।

‘म तत्काल नियमित रूपमा पार्टी काम र जनताको सेवामा सक्रिय हुनेछु’, उनले भने, ‘जनतासँग सम्बन्धित, देश, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एजेन्डामा केन्द्रित रहेर काममा लाग्नेछु।’ पुन शुक्रबार चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत नेपाल आएका हुन्। पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छिन्।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई गत फागुन १ गते चीन लगिएको थियो। त्यहाँको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उनको उपचार गरिएको हो।


क्याटेगोरी : राजनीति
ट्याग : #ananta, #barshaman pun, #maobadi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट