Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले मूल्य बढाउन लागेको भन्दै सांसद प्रदीप पौडेलद्वारा ध्यानाकर्षण


काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अनुचित रुपमा बढाउन खोजिएको इन्टरनेटको मूल्य रोक्न उनले माग गरेका हुन् ।


क्याटेगोरी : विज्ञान, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट