Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन


ढल्केवर, २८ फागुन । भारत जलन्धरका ४५ वर्षीय पहलवान मोहमद अलीले आफ्नो शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन गरेका छन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसर सिर्सियामा भइरहेको नौ कुण्डीय अखण्ड धनबर्षा लक्ष्मीनारायण विष्णु महायज्ञ स्थलमा शनिवार उनले त्यस्तो खेल प्रदर्शन गरेका हुन् । साहसिक खेल देखाउने क्रममा अलीले स्वराज कम्पनीको चार हर्स पावरको ट्याक्टरको चक्का आफ्नो शरीरमाथि चढाएका थिए । त्यसअघि उनले ट्याक्टरको वेगलाई धकेर रोकेका थिए ।

विगत २८ वर्षदेखि यस्तो साहसिक खेल प्रदर्शन गर्दै आएको अलीले बताए । नेपाल र भारतको विभिन्न स्थानमा आयोजना हुने मेला उत्सवमा यो खेल प्रदर्शन गर्दै आएको उनले जानकारी दिए ।

मेला उत्सवमा यसरी आफ्नो साहसिक खेल प्रदर्शन गरेपछि उनलाई सम्मान समेत गरिएको छ ।


क्याटेगोरी : खेलकुद, जनमञ्च, रोचक, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट