Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लुम्बिनी केबलकारको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवलमा


बुटवल, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आइपुगेका छन् । बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म बनेको लुम्बिनी केबलकारको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल आएका हुन् ।

गणतन्त्र दिवसको व्यवसायिक सुरुआत भएको केवलकारको आज औपचारिक रुपमा उद्घाटन हुन लागेको हो । उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समूहले ३ अर्बको लागतमा बुटवलमा केवलकार निर्माण गरेको छ ।

झण्डैं ३ किलोमिटर लामो केवलकार बुटवलको रामफेदी पाल्पाको बसन्तपुर डाँडासम्म रहेको छ । बसन्तपुर डाँडामा कामाख्या देवीको मन्दिर निर्माण गरिएको छ । सो स्थानमा पाँच तारे होटल निर्माण गर्ने योजना रहेको लगानीकर्ता ढकालले जनाए ।

ढकालसहित बुटवलका केही स्थानीयले समेत केबुलकारमा लगानी गरेका छन् ।


क्याटेगोरी : पर्यटन, लुम्बिनी प्रदेश
ट्याग : #lumbini cable car

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट