Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कलाकारमाथि साइबर आक्रमण बढ्यो : भुवन केसी


काठमाडौं, १५ चैत । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारमाथि साइबर आक्रमण बढेको बताएका छन् ।

मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले कलाकारको गोपनीयता र साइबर सुरक्षामा आक्रमण भएको बताएका हुन् ।

‘प्रविधिका कारण हामीलाई दर्शकसँग सहजै पुग्न र चलचित्र क्षेत्रको विस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ । यसले चलचित्र उद्योगलाई ठूलो नोक्शान भएको छ । यसबाहेक हाम्रा कलाकारहरुको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौं’ उनले भने ।

अध्यक्ष केसीले साइबर हमला समस्या समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सुरक्षासम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्न लागेको बताए ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट