Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एक सय ४२ जनामा कोरोना सङ्क्रमण


काठमाडौं, १७ चैत । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो ।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट तीन सय ८१ र एन्टीजेन विधिबाट ६ सय ९८ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या एक सय ६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट