Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पुरुषहरूलाई भियाग्राको काम योगाले दिन सक्ने अध्ययन


काठमाडौं । सुत्ने कोठामा लामो समयसम्म टिक्न चाहने पुरुषहरूले भियाग्रा बिर्सेर योगा वा कम्मर हाड (पेल्भिक फ्लोर एक्सरसाइज)को कसरत अपनाए फाइदा हुने अध्ययनबाट जानकारी प्राप्त भएको छ ।

एक तिहाइ पुरुषहरू यौनसम्पर्क गर्दा आफू वा उनीहरूको पार्टनरले चाहेजति लामो समयसम्म टिक्दैनन् । यसबाट उनीहरूको आत्मसम्मान चोट पुग्ने र चिन्ता बढ्न सक्ने छ ।
अब एक वैज्ञानिक अध्ययनले समस्या समाधान गर्न मद्दत गर्न सक्ने सुझाव दिएको छ ।

दिनको कम्तीमा आधा घण्टा, हप्तामा पाँच पटक दौडनुले पुरुषलाई साढे दुई मिनेट लामो समयसम्म सुत्ने कोठमा यौन सम्पर्क गर्दा टिक्न मद्दत गर्न सक्छ ।
योगले उनीहरूको टिक्ने शक्तिमा घण् सेकेन्ड थप्न सक्ने थप प्रमाणहरू प्राप्त भएका छन् ।

व्यायाम मानसिक स्वास्थ्यको लागि राम्रो छ । त्यसैले पुरुषहरूलाई सेक्सको बारेमा कम चिन्तित बनाउँछ । यसबाट उनीहरूलाई शान्त रूपमा लामो समयसम्म टिक्न सहयोग पुग्छ ।

मनोवैज्ञानिक थेरापी र कार्यको समयमा रोक्न सहयोगी हुन सक्ने प्रमाण फेला परेका छन् ।

एञ्जलिया रस्किन युनिभर्सिटीको नेतृत्वमा गरिएको यो टोलीले समयपूर्व वीर्य स्खलनबाट पीडित पुरुषहरूको मात्र अध्ययन गरेको थियो ।

यसलाई पुरुष वा तिनको साझेदारले चाहेजति लामो समयसम्म टिक्दैन भनेर परिभाषित गर्न सकिन्छ । अथवा कहिलेकाहीँ तीन मिनेट वा एक मिनेटभन्दा कम समयसम्म टिक्ने भनेर परिभाषित गरिएको छ।

३४८५ पुरूषहरू सहित ५४ अध्ययनहरू विश्लेषण गरेपछि यो समीक्षा अध्ययनका लेखकहरूले निष्कर्ष निकालेका छन् । शारीरिक गतिविधिले पुरुषहरूलाई उनीहरूको यौन क्षमतामा सुधार गर्न मद्दत गर्ने सम्भावित रणनीतिको रूपमा यसलाई लिनुपर्ने अध्ययनकर्ताहरूले बताएका हुन् ।

समयपूर्व स्खलनलाई हेर्ने अधिकांश अध्ययनहरूमा १८देखि ४५ वर्ष उमेर समूहका पुरुषहरूलाई व्यायाम गर्न निर्देशन दिइएको समावेश छ ।

अध्ययनका ३५ पुरुषलाई हप्ताको पाँच दिन दैनिक कम्तीमा ३० मिनेट दौड्न भनिएको थियो । उनीहरूमा अढाई मिनेटसम्मको क्षमतामा वृद्धि भएको पाइयो ।
योगाले पुरुषहरूमा भएको टिक्ने क्षमतामा थप ३० सेकेन्डको वृद्धि गराएको थियो ।

व्यायाम राम्रो भएकाले पुरुषहरूले चिन्ता छोडी नियमित काममा ध्यान दिनु राम्रो हुने सुझाउ दिइएको छ ।

निस्क्रिय पुरुषसँग तुलना गरिएको थियो । उनीहरूलाई हप्ताको पाँच दिनको लागि दिनको आधा घण्टा भन्दा बढी हिड्न भनिएको थियो । अध्ययनको अन्त्यमा उनीहरू ५० सेकेन्ड सम्म टिकेका थिए ।

३५जना दौडिएका पुरुषहरूको नतिजा डेपोक्सेटिन नामक औषधि दिइएको जस्तै थियो । यो औषधि समयपूर्व वीर्य स्खलनमा मद्दत गर्ने औषधि हो । तर जसमा वाकवाकी र चक्कर लाग्ने जस्ता सामान्य साइड इफेक्टहरू हुन्छन्।

यस्तै २६ जना पुरुषले १२ हप्ताको योग गरेका थिए। तिनीहरूले यौनसम्पर्कको क्रममा समय बिताएपछि तीन गुणा बढी पाइयो । औसत २६सेकेन्ड भन्दा कम टिक्नेहरूमा करिब डेढ मिनेट टिक्ने क्षमता प्राप्त भएको थियो ।

यसैगरी ३१ पुरूषहरूले यौन सम्पर्क गरिरहेका बेला यौन कार्य छोडी लिङ्गको मुन्टो थिचेर रोक्ने काम गर्दा एक मिनेटसम्म टिक्नेले तीन मिनेटसम्म टिक्ने क्षमता पाएका थिए ।

कम्मरको हाड वा पेल्भिक फ्लोर एक्सरसाइजले पुरुषहरूमा लामो समयसम्म टिक्न क्षमता पाइएको छ ।

एञ्जलिया रस्किन युनिभर्सिटीका जनस्वास्थ्यका प्रोफेसर र समीक्षाका वरिष्ठ लेखक ली स्मिथले पुरुषहरूलाई शयनकक्षमा लामो समयसम्म टिक्न मद्दत गर्ने रणनीतिहरूले उनीहरूको पार्टनरसँगको सम्बन्ध र उनीहरूको आत्मसम्मान सुधार गर्न मद्दत गर्न सक्ने बताएका छन् ।

यो प्रमाण थोरै संख्यामा पुरुषहरू समावेश गरिएको अध्ययनमा आधारित छ । हामीलाई यस क्षेत्रमा थप अनुसन्धान चाहिन्छ । तर शारीरिक गतिविधि जस्ता दृष्टिकोणहरूले सबै पुरुषहरूलाई मद्दत गर्न सक्छ ।

यो अध्ययन समयपूर्व वीर्य स्खलन भएका पुरुषहरूको लागि मात्र होइन।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट