Techie IT
  • १७ मंसीर २०८०, आईतबार
Jhilko

उत्तर कोरियाले आणविक युद्धको वास्तविक सम्भावना रहेको बतायो


काठमाडौं । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको पछिल्लो चरण पछि आणविक द्वन्द्व हुने वास्तविक खतराको चेतावनी दिएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त हवाई अभ्यासको निन्दा गरेको छ ।

जसमा कम्तीमा अमेरिकी आणविक सक्षमता भएको एक बी फिफ्टी टु बमवर्षक समावेश भएकाले यो अभ्यासले कोरियाली प्रायद्वीपमा द्वन्द्वको जोखिम मात्र बढाउनले उल्लेख छ ।

अन्तर्राष्ट्रिय समुदायको तनाव राहत र राजनीतिक स्थायित्वको चाहना विपरीत बारूदसहितको लडाकू सशस्त्र प्रदर्शनमा मात्र केन्द्रित रहेका संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको गैरजिम्मेवारपूर्ण कार्यका कारण कोरियाली प्रायद्वीपमा आणविक युद्धको जोखिम बढ्दै गएको भनिएको छ ।

यो काल्पनिक अवस्थाबाट यथार्थपरक चरणमा पुग्ने बताउँदै सो मन्त्रालयले अभ्यासले स्पष्ट रूपमा अमेरिकाले उत्तर कोरियासँग युद्धको तयारी गरिरहेको देखाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट