Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण


काठमाडौं । केही घण्टा अघिमात्रै उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम)परीक्षण गरेको छ। जापान र दक्षिण कोरिया दुवै देशका अधिकारीहरूले बिहीवार बिहान लामो दूरीको मिसाइल प्रक्षेपणको पुष्टि गरेका छन्।

दक्षिण कोरिया र जापानका नेताहरू ऐतिहासिक शिखर वार्ताका लागि भेट्नुभन्दा केहीबेर अगाडी मात्र उक्त मिसाइल हानेको हो ।

यो लगभग १ हजार किलोमिटर उडेर जापानको पश्चिमी समुन्द्र खसेको थियो। प्योङयाङबाट बितेको एक सातामा परीक्षण गरिएको यो चौथो मिसाइल हो। यद्यपि, यसअघि मिसाइलहरू छोटो दूरीका थिए।

कोरियाली प्रायद्वीप वरिपरि अमेरिका र दक्षिण कोरियाले पाँच वर्षमा सबैभन्दा ठूलो नौसैनिक अभ्यास गरिरहँदा उत्तर कोरियाको यस्तो कदम आएको हो। त्यस्ता अभ्यासहरूलाई उत्तर कोरियाले बारम्बार उक्साहटका रूपमा हेरेको बताएको छ।

क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटमा रहेको प्योङयाङबाट ७:१० बजे प्रहार गरिएको दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारी (जेसीएस)ले बताए। जापानको रक्षा मन्त्रालयले यो आइसीबीएम भएको पुष्टि गर्दै उक्त मिसाइल करिब ७० मिनेटसम्म ६ हजार किलोमिटरभन्दा माथि उडेको बताएको छ।

बिहीवारको प्रक्षेपणपछि दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले आफ्ना सेनालाई योजना अनुसार अमेरिकासँगको संयुक्त अभ्यास जारी राख्न आदेश दिए।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट