Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हरेक आधा घन्टा पछि तीन मिनेटको डुलाईले मधुमेहको जोखिम कम


काठमाडौं । हरेक आधा घन्टामा तीन मिनट डुलाइबाट रगतमा चिनीको मात्रा कम हुने गरेको पाइएको छ ।

बेलायतमा एक सानो समूहमा गरिएको अध्ययनबाट यस्तो जानकारी सार्वजनिक भएको छ ।

डायबिटिजÞ च्यारिटी कन्फ्रेन्समा जारी गरिएको यो अनुसन्धानका आधारमा सात घन्टा भित्र हरेक आधा घन्टाको अन्तरमा तीन मिनटको डुलाइले डायबिटिजÞ–१का रोगीहरूको रगतमा चिनीको मात्रामा कमी आएको पाइएको हो ।

यो अनुसन्धान ३२ जना रोगीहरूमा गरिएको छ ।

डायबिटिजÞ युक अनुसार यो बिना खÞर्च व्यवहारिक बदलावबाट लाभ पाउन सकिन्छ ।

एक अनुमान अनुसार बेलायतमा करिब चार लाख मानिस डायबिटिज टाइप १बाट प्रभावित व्यक्ति रहेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट