Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेता तालिबानद्वारा मारिए


अफगानिस्तान । काबुल एयरपोर्टमा सन् २०२१ को भयानक बम विष्फोटको योजना बनाउने इस्लामिक स्टेट समूहका मास्टरमाइन्ड अफगानिस्तानको सत्तारुढ तालिबानद्वारा मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अगस्टमा भएको बम विष्फोटमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिक मारिएका थिए । त्यतिबेला मानिसहरू तालिबानले नियन्त्रणमा लिएपछि देश छोडेर भाग्न खोजिरहेका थिए। आईएसका नेता एक हप्ता अघि मारिएका थिए तर उनको मृत्युको पुष्टि गर्न समय लागेको अमेरिकी अधिकारीहरूले सीबीएसलाई जानकारी दिएका छन् । उनको नाम भने सार्वजनिक गरिएको छैन ।

अमेरिकी अधिकारीहरूले गुप्तचरको सूचना र सो क्षेत्रको अनुगमनमार्फत ती नेताको मृत्यु भएको निर्धारण गरेको बताएका छन् । यद्यपि उनीहरूले बम विष्फोटको लागि उनी जिम्मेवार थिए भनेर कसरी थाहा पाए भन्ने बारे थप विवरण भने दिएका छैनन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट