Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हैटीमा अराजक गतिविधि गर्दै आएका १३ जनाको हत्या


काठमाडौं, १३ वैशाख । हैटीमा अराजक गतिविधि गर्दै आएका १३ जनालाई नागरिकको भिडले हत्या गरेको छ । राजधानी पोर्ट ओ–प्रिन्स नजिकै घटना भएको हो ।

नागरिकले उनीहरु गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पेट्रोल छर्केएर तथा ढुंगा हानेर हत्या गरेका बीबीसीले जनाएको छ । सन् २०२१ जुलाई ७ मा राष्ट्रपति जोभिनेल मोइजको हत्यापछि हैटीमा गुण्डा समूहको गतिविधी थप बढेको छ । गुण्डा समूह लुटपाट र हत्यामा सक्रिय हुने गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सोमबार प्रकाशित एक प्रतिवेदनका अनुसार यसै महिना अप्रिल १४ देखि १९ सम्म मात्रै गुण्डा समूहले १८ महिला र दुई बालबालिकासहित ७० जनाको हत्या गरेका थिए । प्रतिवेदनका अनुसार राजधानीमा असुरक्षाको अवस्था युद्धरत देशहरू जस्तै स्तरमा पुगेको छ । विद्यालय र स्वास्थ्य केन्द्रहरू बन्द गर्नुपर्ने बाध्यता छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #hatya

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट