Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु


नयाँ दिल्ली, ३ जेठ । पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन्।

हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन्।

पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ। राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ। सरकारी नीति–नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ। यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही दुई लाख ५० हजार र घाइतेलाई एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गरेकी छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट