Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जापानका प्रधानमन्त्रीले गरे आफ्नै छोरालाई बर्खास्त


जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्ना छोरा शोतारो किशिदालाई निजी सचिवबाट बर्खास्त गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा ‘अनुपयुक्त व्यवहार’ गरेका कारण आफूले छोरालाई निजी सचिवबाट हटाउन परेको प्रधानमन्त्री किशिदाले बताएका छन् ।

शोतारो किशिदाले गएको वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तलाई निम्ता गरी भोज गरेको तस्बिरसहित समाचार सार्वजनिक भएको थियो । अघिल्लो हप्ता समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन् ।

विपक्षी दलले निरन्तर आलोचना गरेपछि प्रधानमन्त्रीले छोरालाई पदमुक्त गर्ने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट