Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकी राष्ट्रपति बाइडेन स्नातक समारोहमा लड्न पुगे


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन अमेरिकी वायुसेना एकेडेमीमा स्नातक समारोहमा अन्तिम डिप्लोमा हस्तान्तरण गरेपछि लड्न पुगेका छन् ।

लडेपछि छिटो उठेर आफ्नो सिटमा फर्किए । ८० वर्षीय अमेरिकी राष्ट्रपति अगाडि लडेपछि हात समातेर तीन जनाको सहयोगमा एक घुँडा टेकेर उठेको भिडियोमा देखिन्छ ।

उनी बिना सहयोग आफ्नो सिटमा फर्किएर बसेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विटरमा बाइडेन ठीक रहेको बताएका छन्। ह्वाइट हाउसका प्रेस सचिव करिन जीन–पियरेले झण्डा फहराउने दर्शकहरूलाई दिएका प्रारम्भिक सम्बोधन पछि ढल्न पुगेको बताइन् ।

सन् २०२४ मा पुनः राष्ट्रपति पदको चुनावमा उम्मेदवार बन्न प्रतिस्पर्धा गरिरहेका छन् ।

उनका प्रमुख प्रतिस्पर्धी रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यस महिना ७७ वर्ष पुगेका छन्।

राष्ट्रपति जो बिडेन स्टेजमा ढलेपछि आयोवाको ¥यालीमा यसबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, “उहाँ साँच्चै तल खस्नु भएको थियो ? मलाई आशा छ उहाँलाई चोट लागेको थिएन होला।”

सर्वेक्षणहरूले अमेरिकीहरू ७५ वर्ष भन्दा माथिको राष्ट्रपति बन्ने बारे चिन्तित रहेको जनाएका छन्। यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनबाट प्राप्त तथ्याङ्कले देखाउँछ कि ६५ वर्ष वा सोभन्दा माथिका वयस्कहरूका बीचमा पर्नु नै त्यो समूहको लागि घातक चोटपटकको प्रमुख कारण हो।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट