Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रुसले अमेरिकी शासन फेरि कहिल्यै स्वीकार नगर्ने रुसी विदेशमन्त्रीको भनाइ


काठमाडौं । रुसले अमेरिकी शासन फेरि कहिल्यै स्वीकार नगर्ने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् ।

अमेरिकी वर्चस्व विरुद्धको विश्वव्यापी विद्रोहको अग्रभागमा रुस रहेको बताउँदै सोमबार ताजिकिस्तानको भ्रमणमा गएका बेला विदेशमन्त्री लाभरोभले यस्तो बताएका हुन् ।

उनले सोभियत संघको पतन पछिको अव्यवस्थाको अवधि पछि रुसको कूटनीतिक समूहले आफ्नो विश्वव्यापी संलग्नता बढाएको बताए ।

उनले भने “पछिल्ला दुई वर्षहरूमा हामी अफ्रिका र ल्याटिन अमेरिकामा फर्किरहेका छौं। अमेरिकी सरकारले लगाएको शासन कहिल्यै स्वीकार नगर्ने दृढ संकल्प संगठित भएको छ । अमेरिकी भूमिका घट्दैछ तर निश्चित रूपमा विस्तारै । ”

कुनै पनि देशले आफ्नै नीतिहरू निर्धारण गर्ने प्रयास गर्दा अमेरिका समर्थित विधिमा आधारित शासन( रुल बेस्ड अर्डर) खतरामा पुगेको उनले जनाए ।

रुस पश्चिमी दबाबको प्रतिरोध गर्न अग्रिम मोर्चामा रहेको छ । अमेरिका र यसका वर्चस्वमा परेका सहयोगीहरूले रुसी सरकारमाथि प्रतिबन्ध लगाएर रुसलाई एक्ल्याउर्ने प्रयास गरे पनि व्यवहारमा उनीहरूले रुसलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग गर्न असफल भएको रुसी विदेशमन्त्री लाभरोभले बताए ।

अमेरिकी सरकारले आतंकवादसँग लड्ने र सुरक्षा प्रस्ताव गर्ने आडमा धमिलो पानीमा माछा मार्ने नीति लिएकोले अमेरिकी वर्चस्वलाई कायम गराउने यो एक नीति भएको उनले जनाए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट