Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एट्लान्टिक महासागरको पिँधमा ९० दिन बढी समय बिताउने कीर्तिमानी वैज्ञानिकको बीस प्रतिशत आयु बढेको दाबी


काठमाडौं । अमेरिकी नौसेनाका सेवा निवृत अधिकारी तथा वैज्ञानिक ५५ वर्षीय जोसेफ डितुरीले सय वर्गफुटको पोडभित्र दबाबपूर्ण वातावरणमा एट्लान्टिक महासागरको पिँधमा ९३ दिन बसेर रेकर्ड कायम गरेका छन् ।

दबाबपूर्ण वातावरणमा मानिसको शरीरलाई कस्तो असर हुन्छ भन्ने विषयको अनुसन्धान गरिरहेका वैज्ञानिक डितुरीले यसअघिको ७३ दिने महासागरी पिँधको बसाइको रेकर्ड तोडेका हुन् ।

मार्च १ तारिखदेखि जुनसम्म महासागरको पिँधमा बसिरहेका बेला उनको शरीरमा कसरी परिवर्तन भयो भन्ने विषयमा अध्ययन गरिएको छ ।
डेलिमेल डटकमसँगको कुराकानीमा डितुरीले चिकित्सकहरूले परीक्षणको क्रममा टेलोमेरहरूको पनि अध्ययन गरेको बताए ।
यो तत्व बढ्दो उमेरसँग क्रोमोजोममा घट्दै जाने गरेको छ । यसको आधारमा उनको उमेर २० प्रतिशत बढी भएको छ । साथै महासागरको पिँधमा बसेको अवधिमा उनको स्टेम सेल( माउ कोश) १० गुनाले बढेको छ ।

निद्रा हरेक रात ६० देखि ६७ प्रतिशत गहिरो भएको, इन्फ्लामेशन मार्कर आधाले घटेको र कोलस्ट्रोल ७२ बिन्दुले घटेको डितुरीले दाबी गरेका हुन् ।

वैज्ञानिकले आफ्नो टेलोमेर कसरी मापन गरे भन्ने कुरो खुलाएका छैनन् । यसको परीक्षण रगतजाँचबाट हुने गरिन्छ ।

स्वास्थ्यमा परिवर्तनहरू दबाबको कारणले गर्दा हुन्छ । मस्तिष्कको सरिबरल भागमा रहेको हाइपरबारिक चेम्बरहरू हुन्छ । यसको गतिविधि रगत प्रवाहबाट हुन्छ । मस्तिष्कमा हुने यो रक्त प्रवाह, मस्तिष्क चयापचय (मेटाबोलिज्म) र मस्तिष्कको सूक्ष्मसंरचना (माइक्रोस्ट्रक्चर) सुधार गरी व्यक्तिको संज्ञानात्मक (कगनिटिभ) कार्यहरू, शारीरिक कार्यहरू, निद्रा र हिँडाइलाई दबाबले सुधार गर्न लगाउँछ ।

सन् २०२०मा तेल अभिभ विश्वविद्यालयद्वारा गरिएको एक अध्ययनले हाइपरबारिक अक्सिजन ट्रिटमेन्टले रक्त कोशिकाहरूको बुढ्यौली रोक्न र बुढ्यौली प्रक्रियालाई उल्टाउन सक्ने पता लगाएको थियो ।

ती अनुसन्धानकर्ताहरूले ९० दिनमा हाइपरबारिक सेसनका ६० शृंखलाको अध्ययनबाट यो निष्कर्ष निकालेका थिए । अथवा ६४ वर्ष बढी उमेर भएका ३५ जना व्यक्तिहरूमा यो अध्ययन गरिएको थियो ।

प्रत्येक सहभागीले उपचारको अघि, समयमा र अन्त्यमा र उपचार समाप्त भएपछि केही समयपछि रगतको नमूनाहरू उपलब्ध गराएका थिए । अनुसन्धानकर्ताहरूले त्यसपछि रगतमा विभिन्न प्रतिरक्षा कोशिकाहरूको विश्लेषण गरे र परिणामहरूको तुलनात्मक अध्ययन गरे ।
सहभागीहरूको रगतबाट प्राप्त डीएनएयुक्त प्रतिरक्षा कोशिकाहरूमा ध्यान केन्द्रित गर्दै अध्ययनले ३८ प्रतिशत टेलोमेरेसको लम्बाइ पता लगाएको कुरो तेल अभिभ विश्वविद्यालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सय दिनसम्म एक सानो समय चरम दबाबमा मानिसले कसरी प्रतिक्रिया जनाउँछ त्यसको अध्ययन गर्नु रहेको छ । यसले मंगलग्रहमा जानेहरूका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वैज्ञानिक डितुरीले महासागर पिँध मुनिको बसाइ पहिलेको ७३ दिनको रेकर्ड भंग गर्नलाई मात्र नभएर दबाबले मानव शरीरलाई कसरी फाइदा पु¥याउँछ भन्ने विषयको अध्ययन रहेको जनाए ।

उनले जनाए अनुसार उनको मेटाबोलिज्म बढेकोले दुब्ला भएका हुन् । स्टेम सेलको संख्यामा भएको परिवर्तन पनि उनको अनुसन्धानको हिस्सा बनेको छ ।

डितुरीले अन्तरिक्षमा हुँदा कसरी मांसपेशीको ठूलो क्षति रोक्ने भनेर पनि अनुसन्धान गरिरहेका छन् । जसले अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पीडा दिन्छ ।

हामी मंगल ग्रहमा जान कम्तीमा दुई सय दिन लाग्ने छ । यो लामो समयमा जानेलाई मांशपेशीको पिण्ड कम गर्नु हुन्छ । धेरै टाढा हेर्न सकिँदैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट