Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

श्रीलङ्कामा डेङ्गी प्रकोप, बिरामीमध्ये झन्डै २५ प्रतिशत विद्यालय जाने बालबालिका


श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेका स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतवार बताएका छन् ।

राष्ट्रिय डेङ्गी नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गीका बिरामी भेटिएका छन् ।

श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि खुल्नुभन्दा एक दिनअघि पत्रकारलाई सम्बोधन गर्दै निर्देशक अरियारत्नेले विद्यालय तहमा डेङ्गीको फैलावटलाई कम गर्नुपर्नेमा जोड दिए ।

श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा झन्डै ५० प्रतिशत डेङ्गीका बिरामी फेला परेका र सन् २०२३ मा डेङ्गीको प्रकोप फैलिने चिन्ता महामारी विशेषज्ञले व्यक्त गरेका छन् ।

श्रीलङ्कामा सन् २०२२ मा ७६ हजारभन्दा बढी डेङ्गीका बिरामी फेला परेका सरकारी तथ्याङ्कले देखाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट