Techie IT
  • १२ वैशाख २०८१, बुधबार
Jhilko

प्रचण्डमाथि प्रहारको कोकोहोलो र अर्थ–राजनीतिक परिप्रेक्ष


  • लोकनारायण सुबेदी

सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नु पर्ने काम गर्न आवश्यक कानुन बनाउने र ती कानुनहरु कार्यान्वयन गराउन सरकारले आवश्यक बतावरण बनाउन पर्नेमा त्यसो नगरिएकोले अहिलेसम्म त्यस आयोगले हेर्ने द्वन्द्वकालीन गम्भीर प्रकृतिका मुद्दाहरु त्यत्तिकै बेवारिसे बनेर रहेका छन् । बास्तवमा त्यस आयोगको आवश्यकता नै यसकारण परेको थियो कि राज्य र माओवादी बीच चलेको त्यतिबेलाको सशस्त्र द्वन्द्वमा दुबै पक्षबाट घटनु नपर्ने अमानबीय अपराध र मानबाधिकार उल्लंघन हुने घटना घटेका छन् । त्यसको यथार्थ छाँनबिन गरी संक्रमणकालीन न्याय निरोपण गरिनु पर्ने कुरालाई बेवास्ता गरिएको र कानुन नबनाइ टार्दै लगिएकोले अहिलेको समस्या उत्पन्न भएको हो ।

एक पक्षका पीडितहरुले त्यसको निराकरणका लागि प्रधानमन्त्री समेत रहेका नेकपा(मााओबादी केन्द्र)का अध्यक्ष प्रचण्डमाथि मुद्दा दिएको घटना पछि अहिले देशमा एउटा तरंंग जस्तो पैदा भएको हो । यसमा केवल प्रचण्डको मात्र एक्लो दोष छैन । शान्ति सम्झौता भएयता सरकारमा सामेल भएका सबै दलहरु त्यसमा पनि सरकारको नेतृत्व गरेका दलहरु नै बढी दोषी छन् । यसलाई आवेग र उत्तेजनाको बिषय नबनाई न्याय निरोपणतिर लाग्ने कुरा किन भएन त्यसको परिप्रेक्षलाई बुझ्नु आवश्यक छ ।

परिबर्तनका लहरहरु यदाकदा पैदा भएको भान भए पनि तिनलाई देशका आम जनताका निम्ति सदुपयोग नगरेर खाश मुठ्ठीभरका निम्ति दुरुपयोग गर्ने गरेपछि नचाहेर पनि अन्ततः दुष्परिणाम सीवाय अरु केही हात लाग्दैन । हामीकहाँ बरोबर हुँदै आएको कुरा नै यही हो । त्यसैले यहाँ स्वार्थको बैयक्तिक या गुटगत रोटी सेक्ने कुरा नै राजनीतिको पर्याय बनेको र बनिरहेको सन्दर्भमा कुनै मूल्य, मान्यता, पद्धति,परम्परा अनि चिन्तन र चरित्रको आधारमा राजनीति चल्ने चलाइने गरेको छैन र गरे पनि त्यो एउटा ऐकान्तिक अपबाद जस्तो भएर देखिने गरेको छ ।

पछिल्लो परिबर्तन पछि पनि बस्तुतः हाम्रो देशको राजनीति सुध्रिएन । देशको राजनीति सिद्धान्तहीन, मूल्य मान्यता बिपरीत र परमुखापेक्षी भएर चरम राजनीतिक किचलोको उत्कर्षमा छ । अनि यसै बेला बिदेशी चलखेल र हस्तक्षेपका गतिबिधिहरु पनि पहिले कहिल्यैभन्दा अझ खुल्ला र तीब्ररुपमा बढ्दै आएको देखिएको छ । यसले नेपालले अबलम्बन गरेको राजनैतिक ब्यवस्था र यसका प्रमुख बाहक संस्थाहरु असफल भएको संकेत दिइरहेको छ । यो बिग्रदो स्थितिलाई सही किसिमले सम्हालिन देश र जनताप्रति सर्बात्मना समर्पित गम्भीर प्रयत्न गरिएन भने देशको अस्तित्व नै भयंकर संकटमा पर्ने र नेपाली जनताको भबिष्य अनिश्चित र अन्यौलपूर्ण अँध्यारोमा धकेलिने निश्चित प्रायः छ ।

यस स्थितिले मूलतः मूलधारको मानिने राजनीतिक नेतृत्व निरन्तर असक्षम र असफल साबित भइरहको पुष्टि गर्दछ भने अर्कोतिर यसले राज्य नै असफलताको अध्यारो सुरुङ्गमा धकेलिदै गएको प्रष्ट पार्दछ । वास्तवमा नेपाल स्वाधीन रहेको र कसैको उपनिवेश हुनु नपरेको एकालाप गाउँदा गाउदै हामी नराम्रोसँग अरुको प्रभावमा पर्दै गएको चौतर्फी आभास भइरहेको आजको स्थिति छ । यो कम दुःखद कुरा होइन ।
हुन त राजनीति भनेकै चलाख र धूर्त खेलाडीहरुको कलाबाजी हो पनि भन्ने गरिएको छ । त्यो कला कसका निम्ति र केका निम्ति भन्ने प्रश्नको उत्तर कस्तो आउँछ त्यसले नै राजनीतिले कुन बाटो र कस्तो रुप लिन्छ भन्ने कुरा तय गर्दछ ।

परिबर्तनका लहरहरु यदाकदा पैदा भएको भान भए पनि तिनलाई देशका आम जनताका निम्ति सदुपयोग नगरेर खाश मुठ्ठीभरका निम्ति दुरुपयोग गर्ने गरेपछि नचाहेर पनि अन्ततः दुष्परिणाम सीवाय अरु केही हात लाग्दैन । हामीकहाँ बरोबर हुँदै आएको कुरा नै यही हो । त्यसैले यहाँ स्वार्थको बैयक्तिक या गुटगत रोटी सेक्ने कुरा नै राजनीतिको पर्याय बनेको र बनिरहेको सन्दर्भमा कुनै मूल्य, मान्यता, पद्धति,परम्परा अनि चिन्तन र चरित्रको आधारमा राजनीति चल्ने चलाइने गरेको छैन र गरे पनि त्यो एउटा ऐकान्तिक अपबाद जस्तो भएर देखिने गरेको छ । त्यसैले यहाँ परिबर्तन परिबर्तनजस्तो बनेको या हुन पाएको छैन । त्यो आम जनताको हक अधिकार तथा राष्ट्रिय गौरब र स्वाभिमानको स्वामित्व भएको साझा बिषय बस्तु बन्न पाएको छैन । त्यसैले हिजोकै जस्तो उही प्रकृतिको र अझ रहस्यमय प्रबृत्तिको राजनीतिले राजनीतिक सत्तामा घर गरेको या अड्डा जमाएको छ ।

त्यसैले, हाम्रो राजनीतिमा कतिबेला कसले के गर्ने हो कुनै अत्तोपत्तो हुँदैन । बिहान एउटा कुरा दिउसो अर्को कुरा बेलुका अझ भिन्नै कुरा गर्ने नेतृत्वको पिपलपाते प्रबृत्ति नै आजको राजनीतिको धूरी कुरा भएको र भइरहेको छ । बहुदलीय ब्यवस्थामा दलहरु धेरै हुनु बाहेक तिनका आ–आफ्ना प्रष्ट दृष्टिकोण, बिचार सिद्धान्त, नीति, कार्यक्रम हुन्छन् र त्यस आधारमा प्रतिस्पद्र्धा हुन्छ भन्ने कुरा नै क्षत बिक्षत भइसकेको आजको अबस्था छ । त्यसैले बरोबर नेतृत्वले के भन्ने गरेको भाष्य सुन्नु परिरहेको छ भने राजनीतिमा स्थाई मित्र र शत्रु भन्ने हुँदैन । त्यो पनि कुनै मूलभूत समस्या समाधान गर्नका लागि भनिएको भए खाश परिस्थितिमा मान्य पनि हुनसक्थ्यो होला तर आफ्नो नाङ्गो अवसरबादी चरित्रलाई ढाकछोप र मलजल गर्नका लागि बेला बेलामा मात्र होइन,निरन्तर यस्तो भाष्य दोहोर्याउने गरेको प्रष्ट देखिन्छ । यसरी आजको मूलधारको सत्ता केन्द्रित राजनीति एकदमै सदिग्ध चरित्रको, अबिश्वनीय र निश्चिन्त हुन नसिकने किसिमको बने बनाइएको छ । त्यसमा सुधार हुने र त्यसले सही दिशा लिने कुनै गुञ्जायस पनि देखा पर्दैन ।

यस प्रकारको अनिश्चित कुइरीमण्डलको स्थिति बिकास गरेर देश र जनतालाई अल्मल्याउने अबस्थामा नै प्रत्यक्ष वा परोक्ष बाह्य हस्तक्षेपका अनेक गतिबिधिहरुले पनि देशको आन्तरिक मामिलामा अबाञ्छित किसिमले सुढ घुसाउने र पयर जमाउने गर्दछन् । इतिहासदेखि ऐलेसम्म देखिएको र भोगिएको यथार्थ कुरा नै यही हो । चाहे हाम्रो देशको कुरा गरौ या अरु कुनै देशको उदाहरण प्रस्तुत गरौं । त्यसमा पनि सामान्य सुधार हुने किसिको राजनीतिक परिबर्तन पछि आर्थिक स्थिति अर्थात उत्पादन, बितरण र उपभोगमा स्वामित्व र अपनत्व यथास्थितिमा रहेको र परनिर्भरता अभूतपूर्बमारुपमा बढेको जुन दयनीय र नाजुक अबस्था छ त्यसले हाम्रो राजनीतिलाई नराम्रोसँग अचेटेको छ ।

राजनीतिको जग मानिने अर्थतन्त्रको यस्तो गएजुज्रेको स्थितिले समेत अबाञ्छित बाह्य दबाव र प्रभाव बिस्तार गर्ने र आफ्ना गुमस्ताहरु पैदा गर्ने आधार पाउँदछ र पाइरहेको छ । यो अबस्था नै भ्रष्टचार, कमिशनखोरी, कर छली, मूल्य बृद्धिको मूल आधार पनि हो । अनि नैतिकता, इमानदारीता र राष्ट्रिय अडान अर्थात राष्ट्रिय हित कायम गर्न नसकेको अबस्था उत्पन्न भएको र झाँगिएको पनि हो । निरीहता प्रदर्शन गर्ने र हात पसार्ने स्थिति सिर्जना भएको हो । यस प्रकार प्रतिकूल र बहिर्मुखी लम्पसार पर्ने राजनीतिक प्रबृत्तिको आधार बनेको प्रष्ट छ ।

देश र जनतालाई मुक्त गर्न यथास्थितिमा रुमल्लिएर सकिने छैन भन्ने कुरा बिगत १५ बर्षयताको स्थितिलाई सर्सरी आकलन गर्दा मात्रै पनि खुलस्त हुन्छ । देश नयाँ राजनीतिक चरणमा प्रबेश गरेको कुरा उरालेर आर्थिक, सामाजिक र साँस्कृतिक पुरानै यथास्थितिको धरातलमा जनता र देशलाई कैद गर्दै र अल्मल्याउँदै भ्रष्टाचार, कमिशनखोरी, सुदखोरीलाई अझ उच्चाइमा पुर्याउने जुन ब्यापक बढ्दो प्रबृत्ति देखिएको छ त्यसले नै आजको यथार्थलाई उदाङ्गो पारेको छ र पारिरहेको छ ।

यस स्थितिबाट देश र जनतालाई मुक्त गर्न यथास्थितिमा रुमल्लिएर सकिने छैन भन्ने कुरा बिगत १५ बर्षयताको स्थितिलाई सर्सरी आकलन गर्दा मात्रै पनि खुलस्त हुन्छ । देश नयाँ राजनीतिक चरणमा प्रबेश गरेको कुरा उरालेर आर्थिक, सामाजिक र साँस्कृतिक पुरानै यथास्थितिको धरातलमा जनता र देशलाई कैद गर्दै र अल्मल्याउँदै भ्रष्टाचार, कमिशनखोरी, सुदखोरीलाई अझ उच्चाइमा पुर्याउने जुन ब्यापक बढ्दो प्रबृत्ति देखिएको छ त्यसले नै आजको यथार्थलाई उदाङ्गो पारेको छ र पारिरहेको छ ।

आधारभूतरुपमा यस अबस्थालाई चिर्न ब्यवस्थामानै ब्यापक परिबर्तनको आबश्यकता खडा हुँदै गएको छ । तर यसको निम्ति बिश्वसनीय र आवश्यक आत्मगत स्थिति बनेको छैन । बिकसित भएको नकारात्मक स्थितिमा जो कसैलाई एक वा अर्को किसिमले चर्चित या आजको प्रचलित शब्द ‘भाइरल’ बनाएर चटक जस्तो प्रस्तुत गर्दैमा त्यसले राष्ट्रका गम्भीरतम समस्याहरुको कुनै समाधन दिनसक्ने कुरा हुँदैन । आजको अबिश्वसनीय यथास्थितिमा देश र जनताको हितमा अग्रगामी आमूल सुधारको न्यूनतम कार्यक्रम पनि प्रस्तुत गर्न र त्यसको आधार स्पष्ट गर्न नसक्ने कसैले पनि देश र जनताप्रतिको न्यूनतम दायित्व पूरा गर्न सक्तैन । न बैदेशिक हस्तक्षेप रोक्न सक्छ ।

अतः बिकसित भएको आजको यो अनिष्टकारी संकटको यथास्थितिमा रमाउने र शासन सत्तामा आसन जमाउने प्रबृत्ति र चरित्र अनि दूरगामी चिन्तन र दृढ राष्ट्रिय चरित्र नभएका दलहरुको केवल कुर्सी–केन्द्रित संकीर्ण राजनीतिको उपज हो भन्ने कुरा छर्लङ्ग छ । यस स्थितिमा उनीहरु बीचको कुर्सीको किचलो र एक अर्कालाई खुइल्याउने र अक्करमा पार्ने कुराले पनि कुनै निकास दिन सक्तैन । जसरी आज राष्ट्रिय स्वाधीनतामा खतरामा पारिदै छ, जसरी देशका नागरिकहरुको भबिष्य अनिश्चित तुल्याइदैछ र जसरी बिभेद र बहिष्करणका बिभिन्न माध्यमले समाजलाई बिभाजन गरेर शासन गर्ने नयाँ नयाँ उपाय र शैलीको खोजी गरिदैछ त्यसको बिकल्पमा नेपाली जनतालाई एकजुट पार्ने, उनीहरुका राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक समस्यालाई हल गर्ने प्राथमिक र आधारभूत प्रष्ट तथा न्यूनतम र अधिकतम योजनाकासाथ बिकल्प खडा गरिदैन तबसम्म देशले सही दिशा लिने र कोल्टे फेर्ने कुरा कुरैमा सीमित रहन्छ । अनि राष्ट्रिय स्वाधीनताको पनि रक्षा हुन सक्तैन ।

गम्भीर स्थितिलाई भजाउने खालका सस्ता नारा र भाबुक कुराले देश र जनताको स्वार्थको प्रतिनिधित्व पनि गर्दैन । अनि थाँती राखेर नसुल्झाइएका कुराहरु पनि उकुच पल्टे जस्तै बेला बेलामा उठ्छन् । यी सबै कुराले सुस्पष्ट पार्दछ कि निष्ठाबान देश र जनताप्रति समर्पित र असंदिग्ध चिन्तन र चरित्र भएका क्रान्तिकारी, राष्ट्रप्रेमी–क्रान्तिकारी–लोकतान्त्रिक–बाम–कम्युनिष्ट शक्तिहरुले नै फेरि पनि समस्याको निराकरणका लागि अग्रसरता लिनै पर्दछ । अरु कुनै उन्नत बिकल्प छैन । हाम्रो देशका राष्ट्रिय अन्तर्राष्ट्रिय समस्याहरुको निराकरणको सही बाटो यही नै हो ।

subedi1950subedi@gmail.com


क्याटेगोरी : जनमञ्च, बिचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट