Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राप्रपा–ज्ञानेन्द्र भेट : गुट गुलामी


  • टिप्पणी

राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा बोक्ने मूल शक्ति हामी नै हौ’ भन्ने कुरा राख्न उनीहरू झापा आएका थिए। अर्थात पूर्वराजालाई हामीप्रति विश्वास छैन कि भन्ने आशंकाले उनीहरू हुल बाँधेर काठमाडौंदेखि आएका थिए।

झापा। एकअर्कासँग फिटिक्कै दोस्ती नबन्ने तर ‘राजतन्त्रका लागि मर्न तयार छौं’ भन्ने राजावादीहरूको दुईसय भन्दा बढी गुट र उपगुटहरू पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘गणेश परिक्रमा’ गरिरहन्छन् । राप्रपा तिनैमध्येको अलि संगठित गुट हो। तर यसभित्र पनि पूर्व राजासँग ‘तँ नजिक कि म नजिक’ भन्ने दर्जनौं उपगुट छन्।

यी सबैको प्रत्यक्षः अप्रत्यक्ष अर्थस्रोत भने पूर्व राजतन्त्र र हालका मुष्ठ प्रतिनिधि पूर्वराजा ज्ञानेन्द्र नै हुन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बिचार र देशभन्दा ठुला राजा नै हुन् भनेर किताब लेखेका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी पूर्वराजालाई ‘गणेश परिक्रमा’ गर्न बुधबार झापाको दमक आए, जहाँ ज्ञानेन्द्र पुर्खा र ज्ञानेन्द्रले राजा हैसियतमा हुँदै राज्यबाट कब्जा गरेको बिशाल चिया बगान र आलिसान बङ्गला अझै उनको व्यक्तिगत सम्पत्तिका रूपमा छ।

राप्रपाका एक नेताका अनुसार ‘राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा बोक्ने मूल शक्ति हामी नै हौ’ भन्ने कुरा राख्न उनीहरू झापा आएका थिए। अर्थात पूर्वराजालाई हामीप्रति विश्वास छैन कि भन्ने आशंकाले उनीहरू हुल बाँधेर काठमाडौंदेखि आएका थिए।

पूर्वराजा शाह केही समयदेखि झापाका मेडिकल माफिया एवम् एमाले अध्यक्ष केपी ओलीका नाति दुर्गा प्रसाईंको पूर्ण ‘फलोअर्स’ छन्। प्रसाईंको अभियानमा सहभागी भएर राजावादी गुटहरूबीच अझ विश्वासको संकट थपिदिएका छन् पूर्व राजा ज्ञानेन्द्रले। राप्रपाका ति नेताले भने अरूले राजा खोस्छन् कि भन्ने डर आफुहरूलाई नभएको दाबी गरे।

राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई अझै प्रतिवद्ध भएर, जोडतोडका साथ उठाउने निष्कर्षसहित दुईघण्टा लामो ‘लन्चिङ’ भेट सकिएको तिनले जानकारी दिए।

मंगलबार तीन युवालाई तिनको संवेदना भड्काएर काठमाडौं, बानेश्वरमा प्रधानमन्त्री प्रचण्डबिरुद्ध उत्तेजित बनाएको आरोप राजावादीलाई लागिरहेकै बेला भोलिपल्टै गुलामी प्रतिबद्धता लिएर राप्रपा नेताहरू झापा आउनुको अभिप्राय स्वतः आंकलन गर्न सकिन्छ।

पाँच प्रवक्ता मध्येका एक जुम्लाका राप्रपा सांसद ज्ञानबहादुर शाहीले भने आफुले संघीय गणतन्त्रबिरुद्ध ‘यत्रो अराजक माहौल सिर्जना गर्दापनि’ अध्यक्ष लिङदेनले अरु तीन नेतालाई मात्रै ज्ञानेन्द्र भोजमा लगेकोमा चरम असन्तुष्टि व्यक्त गरेको उपगुट स्रोतहरूले जानकारी दिए।


क्याटेगोरी : जनमञ्च, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट