Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

६ महिनादेखि तलबभत्ता नपाएको भन्दै धनगढीका स्वास्थ्यकर्मीहरूको धर्ना


धनगढी, १२ चैत । धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरू ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै धर्नामा बसेका छन् । उनीहरूले आज धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना दिइरहेका हुन् । तलबभत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाएका छन् ।

धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यतर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्बजनिक बिदाको दिनबाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिरी गरी नगरपालिकाको प्रांगणमा जम्मा भइ कालोपट्टी बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायत दबाबमुलक कार्यक्रम घोषणा गरेका छन् ।

उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् । तलब तथा सेवासुविधा नपाउँदा दैनिक जीवनयापनमा समेत कठिनाइ भइरहेको उनीहरूको भनाइ छ ।


क्याटेगोरी : जनमञ्च, स्वास्थ्य, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट