Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नक्कली भुटानी शरणार्थी प्रकरणको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ


काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ परेकी हुन् । प्रहरीले उनलाई शुक्रबार नै अदालतमा उपस्थित गराएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट सुरू भएको छ।

उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर बयान लिन सुरु गरिएको हो । शुक्रबार पक्राउ परेकामध्ये केहीको बयान गराइएको छ भने अन्यको बयान आइतबारबाट निरन्तर हुने काठमाडौं अदालते जनाएको छ ।

सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसका लागि दुईसाता लाग्ने अनुमान गरिएको छ । थुनछेक बहसमा आरोपितहरूलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने आदेश हुनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दायर भएको थियो । उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामाथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको छ । उनीहरूमाथि २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो माग समेत गरिएको छ ।


क्याटेगोरी : जनमञ्च, बाग्मती प्रदेश
ट्याग : #hot, #nakkali bhutani, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट