Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रदेश एकको संसद बैठकमा आज नामाकरणको प्रस्ताव पेश हुने, ‘कोशी’ नाम राख्न एमाले-कांग्रेस सहमत


काठमाण्डौं, १७ फागुन । प्रदेश एकको संसद बैठकमा आज नामाकरणको प्रस्ताव पेश हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश हुन लागेको हो ।

यसअघि नामबारे जातीय पहिचानका आधारमा राख्ने कि नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित थिए । अहिले पनि केही दल कोशी नाममा सहमत छैनन् । प्रदेश १ को पहिलो संसद्ले स्थायी राजधानी विराटनगर टुंगो लगाएको भए पनि नामाकरण हुन सकेको थिएन ।

पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै नामाकरणको विषयको टुंगो लगाउने प्रयास गरेको छ । ७ वटा प्रदेशमध्ये यसअघि ६ वटा प्रदेशले आफ्नो पहिलो कार्यकालमै नाम टुङ्गो लगाइसकेका छन् ।

नेपालको संविधानमा प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन दुई तिहाइ ६३ जना सांसद चाहिन्छ । प्रदेश सभामा प्रदेश नामाकरणको विषय प्रवेश गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट