Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुरुङमार्गको अध्ययनका लागि काठमाडौं विश्वविद्यालय र काभ्रेको बेथानचोक गाउँपालिकाबीच सम्झौता


काठमाडौं । काभ्रेको ढुङ्खर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडौं विश्वविद्यालयलाई दिएको छ ।

काठमाडौं विश्वविद्यालय र गाउँपालिकाबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सुरुङमार्गले काभ्रेको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ ।

सम्झौताअनुसार काठमाण्डौ विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ ।

सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने विषय उल्लेख गरिएको छ । सुरुङको लम्बाइ एक देखि एक दशमलव पाँच किलोमिटरसम्म हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताए ।

सुरुङमार्ग निर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको समेत अध्यक्ष अधिकारीले जानकारी दिए ।

बेथानचोक–४ को सेती भिरमा समय समयमा गइरहने सुक्खा पहिरोबाट हुने सडक बन्दको दिगो समाधानका लागि सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट