Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै तोकिने


काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकिने भएको छ ।

सार्वजनिक विदाका दिनहरुमा समेत कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।

गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १ः३० देखि २ बजेसम्म ।’

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समय भने १ बजेदेखि २ बजेसम्म भएतापनि सवै कार्यालयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना भएको थियो ।

त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट