Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

युएईविरुद्ध नेपाल बलिङ गर्दै


काठमाडौं, १८ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

बिहीबार शृंखलाको तेस्रो खेलका लागि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गरेका हुन् । यूएईलाई ब्याटिङको निम्तो दिएको छ ।

नेपाली टिमको सुरुआती–११ मा स्पिनर सन्दीप लामिछानेले पनि स्थान बनाएका छन् । सन्दीप हिजो (बुधबार) मात्र शृंखलाका लागि यूएई पुगेका थिए । नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपलाई सर्वोच्च अदालतले विदेश भ्रमणको अनुमति दिएपछि उनी यूएई प्रस्थान गरेका हुन् ।

शृंखलामा नेपाल र यूएई दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई चार विकेटले पराजित गरेको थियो । यूएई भने पीएनजीसँग १३१ रनले पराजित भएको थियो ।

लिग–२ मा पछिल्ला पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको नेपाल २९ खेलबाट २८ अंक जोडेर छैटौँ स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको यूएई पाँचौँ स्थानमा छ । नेपालले २९ मध्ये १३ खेल जितेको छ । १४ खेल हारेको छ । एक खेल नतिजाविहीन र एक खेल ‘टाई’ भएको थियो । यूएईले २९ मध्ये १३ खेल जितेको छ । १३ हारेको छ । दुई खेल नतिजाविहीन र एक ‘टाई’ भएको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट