Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माथिल्लो डोल्पामा बेपत्ता भएका युवकको शव पाँच महिनापछि हिउँमा फेला


सुर्खेत, २१ फागुन । विदेशी पर्यटक लिएर माथिल्लो डोल्पा गएर बेपत्ता भएका डोल्पाका एकजना युवको शव पाँच महिनापछि फेला परेको छ। असोज २१ गते डोल्पोबुद्ध गाउँपालिका ३ को छोइलास्थित लेकमा हिउँमा हराएका थिए।

स्विजरल्याण्डबाट आएका पर्यटकहरूसँग सहायक कुकको जिम्मा लिएर गएका डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका ९ का ४६ वर्षे कर्णबहादुर डाँगी हिउँमा पुरिएर मृत्यु भएको थियो। निरन्तर परेको वर्षाले छोइला लेकमा अत्याधिक हिउँ परेकोले चिसोको कारण हिउँमा फसेर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

वर्षा रोकिएपछि प्रहरी उनका आफन्तले उद्धारको लागि पहल गरेपनि हिउँमा उद्धार हुन सकेन। पुन फागुन १७ गते प्रहरी र आफन्त गएर खोजी गर्दा हिउँमा आधा शरीर पुरिएको अवस्थामा भेटिएको शवको खोजी गरेर लाशको मुचुल्का लगाएको प्रारम्भिक अनुसन्धान गरेर प्रहरीले शव आफन्त भाइ विष्णुचन्द्र डाँगीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

डिएसपी बुढाथोकीका अनुसार हिउमा पुरिएको कारण खोजी गरेर उद्धार गर्ने कार्य समयमा नसकिकोले करिब ५ महिना कुर्नुपरेको बताए। यो वर्ष हिउँदमा हिउँ नपरेको र असोजमा परेको हिउँ पग्लिएपछि हराएको शव खोजी कार्यमा सहज भएको प्रहरीको दाबी रहेको छ। उनीसँगै हिउँमा हराएका विदेशी पर्यटकको भने हेलिकोप्टरबाट जीवितै उद्धार गरिएको थियो।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट