Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादी केन्द्रका नेताको स्कुटर जलाइयो


नारायणगढ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सूर्यप्रकाश सुवेदी पथिकको भरतपुर महानगरपालिका १५ फुलवारीस्थित घरमा शनिवार राति दस बजेतिर अज्ञात व्यक्तिले घरमा कोही नभएको अवस्थामा बरण्डामा रहेको स्कुटरमा आगलागी गराएका छन् ।

छरछिमेकको सहायताले आगो नियन्त्रणमा लिएकोले अझ ठूलो क्षतिबाट बचेको छ । नेपाल प्रहरीले यसबारे आवश्यक अनुसन्धान अघि बढाएको छ। यो घटनाको माओवादी केन्द्रले तीब्र भत्र्सना गर्दै दोषी उपर कार्वाही गर्न माग गरेको छ ।

यो घटना कसले र कुन उद्देश्यले गराएको स्पष्ट नभए पनि देशमा अराजकता निम्त्याउन चाहने केही अराजक तत्वले गराएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट