Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धनुषाको लालगढमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


ढल्केबर, २३ फागुन । धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी नायव निरीक्षक ईश्वरविक्रम शाहले दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–१, विजयपुरका ४० वर्षीय विनोद महतो र पहिचान खुल्न नसकेको एक पुरुषको मृत्यु भएको बताए ।

सोमबार राती ११ बजे महोत्तरीको बर्दिबासबाट ढल्केवरतर्फ आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल सडकमा हिँडिरहेको पहिचान खुल्न नसकेका व्यक्तिलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका दुवै जनाको उपचारको क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा राती नै मृत्यु भएको प्रहरी नायब निरीक्षक शाहले बताए ।

दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट