Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दोलखाको बैतेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा १८ जना घाइते


दोखला, २३ फागुन । दोलखाको बैतेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

बैतेश्वरको वडा ६ स्थित डाँडागाउँमा दिउँसो साढे १२ तिर दुर्घटना भएको वडा ६ का वडाध्यक्ष अशोक तामाङले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।

‘दुर्घटना परेकालाई भर्खरै यहाँको अस्पताल ल्याएको छ। सात जना गम्भीर घाइते हुनुभएको छ। जसमा चार जनालाई काठमाडौं लैजाने तयारी भइरहेको छ,’ वडाध्यक्ष तामाङले भने। दुर्घटनामा बोलेरो चालक बैतेश्वरका लीलाबहादुर दाहाल पनि घाइते भएका छन्। नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो बिच सडकमै पल्टिएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #jeep accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट