Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा कुकुरमा रेबिज पुष्टि


गुल्मी । गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा भुस्याहा कुकुरमा रेबिज पुष्टि भएको छ । डिभिजन वन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालयको सहयोगमा समाइएको कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले बताए।

यो कुकुरले जिल्ला सदरमुकाम तम्घास र अर्खलेमा शनिवार एकै दिन सात जना व्यक्ति र तीन वटा पशुलाई टोकेको थियो । कुकुरले टोकेको व्यक्ति र पशुलाई पनि अनिवार्य रेबिजविरुद्धको खोप लगाउन भेटेरेनरी अस्पताल र रेसुङ्गा नगरपालिकामार्फत सबैलाई जानकारी गराएको छ । डा. काफ्लेले छाडा कुकुरदेखि सचेत रहन पनि आग्रह गरेका छन् ।

गुल्मी अस्पतालमा रहेको पछिल्लो तथ्याङ्कअनुसार फागुन तेस्रो हप्तासम्म एक सय २४ जना व्यक्ति कुकुरको टोकाइबाट घाइते भएका छन् । स्थानीय पालिकाहरूमा रहेका स्वास्थ्य संस्थामा खोप नपाइने भएका कारण मानिसहरू कुकुरले टोकेपछि सदरमुकाम तम्घास आउनुपर्ने बाध्यता छ ।

गएको दुई महिनाअघि गुल्मीदरबार गाउँपालिका ६ की ४० वर्षीया रजुन शाहको रेबिज लागेको कुकुरले टोक्दा ज्यान गएको थियो ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट