Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी र गण्डकी प्रदेशको केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना


काठमाडौं । देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली रहेको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । मेघगर्जन, चट्याङ तथा हावाहुरी प्रि–मनसुनमा हुने गतिविधि हुन् । आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अबको दुई/तीन दिन मौसम सफा नै रहने अनुमान गरिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट