Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


जुम्ला । जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले २३ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार कुटपिटबाट घाइते भएकी ममताको समयमै उपचार नहुँदा मृत्यु भएको हो । श्रीमतीलाई कुटपिट गर्ने आइतेलाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट